सपही –  साना किसान कृषि सहकारी संस्था लिमिटेडहरुको एकदिने चौमासिक प्रगती शमिक्षा गोष्ठी सम्पन्न भएको छ । मंगलबार साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौंडाको आयोजना, कोल्हबी ४ स्थीत रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड ब्यवस्थापनमा सपहीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बारा जिल्लाका मनहर्वा,डुमरवाना,फत्तेपुर,ईनर्वासिरा, सपहि,तेतरिया,हरैया लगायत १४ र पर्सा जिल्लाको उदयपुरघुर्मी सहित १५ संस्थाका अध्यक्ष र प्रबन्धक गरी ३० जनाको सहभागिता रहेको थियो ।

 

 

सहभागि संस्था प्रतिनीधिहरुले आ–आफ्ना संस्थाले आ.व. २०७६।०७७ को कार्तिक सम्म गरेको आर्थीक कारोबार तथा कृषिसँग सम्बन्धित अन्य संचालित गतीविधिमा गरेका प्रगती प्रस्तुत गरेका थिए । जिल्लाका १५ वटा संस्थामा २३ हजार ६२९ महिला सहित २६ हजार ४०९ सदस्य आवद्ध छन् । ती संस्था मार्फत २ अर्व ४५ करोड ७३ लाख २७ हजार पूजीँ परिचालन रहेको जिल्ला संघ बाराले जनाएको छ । आर्थीक कारोबारका अलावा संस्थाहरुले खाद्य उद्योग, पशुपालन, कृषि परियोजना लगायतका कार्यक्रमहरु संचालन गर्दै आएका संघ बाराका अध्यक्ष मिश्रिलाल सहिनीले जानकारी दिए ।

 

 

 

शमिक्षा कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड हेटौंडाका प्रबन्धक शेर बहादुर चौधरी, अधिकृत राजेश भट्टराई र साना किसान कृषि सहकारी संस्था लिमिटेड सपहिका प्रबन्धक अरुण चौधरीले सहजीकरण गरेका थिए । त्यस्तै साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष कन्हायीलाल थारु, कोषाध्यक्ष नयनकला खड्का लगायतको विशेष सहभागिता रहेको थियो ।

Leave a Reply