वीरगञ्ज,सिराहामा बलात्कारको गम्भीर आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् ।इलाका प्रहरी कार्यालय लहानको मुद्दा शाखामा कार्यरत प्रहरी जवान नवीन यादवलाई पीडित महिलाले दुई वर्षदेखि विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरेको उजुरी दिएपछि हिरासतमा लिइएको हो ।
घटनाले प्रहरी प्रशासनमाथि नै प्रश्न उठाएको छ । पीडित महिलाले इलाका प्रहरी कार्यालय लहानमा पटक–पटक जाहेरी दर्ता गराउन खोज्दा पनि सुनुवाइ नभएको गुनासो गरेकी छन् । उनले इलाका प्रहरी कार्यालयका प्रमुख, डिएसपी विष्णु सोतीलाई जानकारी गराउँदा समेत कुनै कारबाही नभएको आरोप लगाएकी छन् । यद्यपि, डिएसपी सोतीले आफूकहाँ कुनै पनि महिला उजुरी लिएर नआएको भन्दै आरोपको खण्डन गरेका छन् ।न्यायको खोजीमा पीडित महिला हाल जिल्ला प्रहरी कार्यालय सिराहामा पुगेर उजुरी दर्ता गराएको बताइएको छ ।

















