रौतहट,रौतहटका पदमुक्त भएका उपप्रमुखहरुले पुन उपप्रमुखको पदभार सम्हाल्नु भएको छ । एक कार्यक्रमकाबीच औपचारिक रुपमा पदभार सम्हाल्नु भएको हो । देवाही गोनाहीका उप्रमुख परनिया देवी, फतुवा विजयपुरका उपप्रमुख कान्ति देवी, माधव नारायणका उपप्रमुख सिमलकुमारी साह र यमुनामाई गाउपालिकाका उपाध्यक्ष गितादेवी साहले आफ्नो पदभार औपचारिक रुपमा सम्हाल्नु भएको छ । रौतहटका ५ जना नगर उपप्रमुखले दल त्याग गरेको जनाउदै पद रिक्त भएको निर्वाचन आयोगले गत असार ११ गते एक सूचनामार्फत जनाएको थियो । रौतहटका पदमुक्त भएका उपप्रमुखहरुमा देवाही गोनाहीका उप्रमुख परनिया देवी, मौलापुरका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवा विजयपुरकी उपप्रमुख कान्ति देवी, माधव नारायणकी उपप्रमुख सिमलकुमारी साह र यमुनामाई गाउँपालिकाका उपाध्यक्ष गितादेवी साह रहनुभएको छ ।
सर्वोच्च अदालतले गत असार १५ गते पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएसँगै रौतहटका उपप्रमुखको पद पुनर्वाहाली भएको हो । न्यायाधीश कुमार चुँडालको एकल इजलासले उपप्रमुखहरुकोे रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै नगर प्रमुख पदमा पुनर्वहाली गरिदिएको थियो ।