निजगढ,राष्ट्रिय युवा संघ नेपालको राष्ट्रव्यापी विरुवा वितरण अभियान निजगढमा पनि सुरु भएको छ ।युवा संघ नेपालका केन्द्रीय सदस्य इराज कोइराला, मधेस प्रदेश कमिटी सदस्य सुदीप तिमल्सिना र निजगढ नगर सचिवालय सदस्य जगतबहादुर न्यौपाने ‘गोकुल’ ले संयुक्त रुपमा विरुवा वितरण सुरु गरेका हुन् ।अभियान अन्तर्गत निजगढ नगरपालिकाका वडा नम्बर ७ बाट पहिलो चरणको विरुवा वितरण कार्यक्रम सुरु भएको केन्द्रीय सदस्य कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ देखि ७ सम्म र १० नम्बर वडामा विभिन्न चार जातका विरुवा वितरण गरिएको छ । जसमा फलफूलका बिरुवा अमला, इमिली, बेल र अम्बा गरी ८ हजार वितरण सुरु गरिएको उहाँले बताउनुभयो ।वातावरण प्रदूषणले जलवायु परिवर्तनमा समेत ठूलो असर देखिन थालेको समयमा युवा संघ नेपालले सुरु गरेको ‘एक युवा ५ विरुवा’ अभियानले वातावरणीय क्षतिलाई न्यूनीकरण गर्न समेत सहयोग पुग्ने केन्द्रीय सदस्य कोइरालाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here