कलैया,कलैया उपमहानगरपालिका वडा नम्बर १८ मा बुधबार एक कार्यक्रमबीच सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

कलैया उपमहानगरपालिकाको नगर स्तरीय योजनाबाट १५ लाखको लागतमा निर्माण हुन लागेको सामुदायिक भवनको नगर प्रमुख राजेश राय यादवले एक कार्यक्रमबीच शिलान्यास गर्नुभएको छ । उपभोक्ता समितिमार्फत सामुदायिक भवन निर्माण हुने छ । बिवाह र विभिन्न उत्सव तथा बस्नका लागि सुविधायुक्त ठाउँको आभाव भएपछि सामुदायिक भवन निर्माण गर्न लागिएको नगर प्रमुख यादवले बताउनुभयो । बिगतका दिनमा समुदायमा केही पनि बिकास संतोषजनक नभएको र आजको दिनसम्म ४ वर्षमा कलैया उपमहानगरपालिकाको तर्फबाट उक्त टोलमा बाटो नाला र धर्मशाला बटुवाहरुको लागि बस्नको लागि चौतारी बनेकोले गाउँबासी धेरै नै खुसी भएको स्थानीय महेन्द्र कुश्वाहाले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुशवाहा, वडा अध्यक्ष अम्बिकाप्रसाद यादव, कार्यपालिका सदस्य बदन देबी, वडा सदस्य सुनैना देबी, हृदयनारायण कुशवाहा, वडा सचिव हरदेवप्रसाद सहित स्थानीयको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here