सिम्रौनगढ,सर्पदंशमा परेका एकजना शिशुको मृत्यु भएपछि बाराको सिम्रौनगढ नगरपालिकाको नगर अस्पतालमा सोमबार तोडफोड भएको छ ।

विषालु सर्पले टोकेर बिरामी परेका सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मौवाही टोल निवासी सुमोद साहका १८ महिने शिशु अनुराज गुप्तालाई उपचार गराउन सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ स्थित नगर अस्पताल लगिएको थियो । तर अस्पतालमा शिशुको उपचार नभएर कलैया लैजाने क्रममा उनको मृत्य भएपछि आक्रोशित आफन्त र स्थानीयले नगर अस्पतालमा तोडफोड हुन् ।

तोडेफोड गर्ने क्रममा अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीसमेत गरि ८ जना घाइते भएका छन् । घाइते हुनेहरुमा प्रयागप्रसाद कुशवाहा, रबिन हुसेन, बीरेश यादव, शम्भुप्रसाद साह, रामजिवन ठाकुर, लालबाबु मुखिया, निर्मला ठाकुर र सुरेन्द्र साह रहेका छन् । घाइते सबैको कलैया र सिम्रौनगढमा उपचार भइरहेको छ । यस्तै तोडफोडबाट अस्पतालको कम्प्युटर दुई थान, ल्यापटप एकथान, इसीजी मेसिन एकथान, मोबाइल एकथान तथा केही औषधिहरु पनि क्षति भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतक शिशुका बुवा सुमोदले आफनो छोराको समयमै उपचार नहुँदा मृत्यु भएको बताउनुभयो ।

यसैबीच सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रप्रसाद साह र सिम्रौनगढ नगर अस्पतालका प्रमुख डा. जितेन्द्र यादवले सोमबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर अस्पतालमा तोडफोडमा संलग्नहरुमाथि छानबिन गरी दोषिमाथि कारबाहीको लागि माग गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here