रतनपुर,बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १३ मा उपभोक्त समितिका पदाधिकारीहरुको लागि आयोजना गरिएको एक दिने तालिम मंगलवार सम्पन्न भएको छ ।निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा वडा नम्बर १३ को बरपिपल खानेपानी उपभोक्त समिति, भक्तलाल खानेपानी उपभोक्ता समिति, हिरालाल टोल सिँचाइ समिति, आकाश धारा सिँचाइ समितिका अध्यक्ष, सचिव र पदाधिकारी तथा स्थानीयको सहभागिता रहेको थियो ।सहभागीहरुलाई योजना शाखा प्रमुख अजय उप्रेती, लेखा अधिकृत शिवप्रसाद देवकोटाले र इन्जिनियर अशोककुमार कुशवाहले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, लेखा अधिकृत शिवप्रसाद देवकोटा, योजना शाखाका प्रमुख अजय उप्रेती, प्राविधिक शाखा प्रमुख दिपेशकुमार यादव, इन्जिनियर अशोककुमार कुशवह, सबइन्जिनियर नवीन खनाललगायतका सहभागी रहेका थिए ।त्यस्तैगरी कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा सचिव विष्णुकुमार श्रेष्ठ, वडा सदस्यहरु दिपक न्यौपाने, धनकुमारी विक, सुर्यबहादुर थोकर, फुलमाया स्याङतानलगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply