नरेश गुप्ता
बरियारपुर,बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालतमा अध्यनरत छात्राहरूलाई एक कार्यक्रमबीच साईकल वितरण गरिएको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष महेन्द्र यादवले विद्यालयको कक्षा ८ मा अध्यनरत छात्राहरुलाई साईकल वितरण गर्नुभएको हो ।
साईकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएको गाउँपालिका अध्यक्ष यादवले गुणस्तरीय शिक्षाको साथै छोरीको मनोवल बढाउन साईकल वितरणले ठुलो सहयोग मिल्ने बताउनुभयो । साईकल वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बबिता यादव, वडा अध्यक्ष दोलेन्द्र यादव, विद्यालयका प्रधानाध्यापक रामएकबाल साहलगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।