निजगढ,बाराको निजगढमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । निजगढ नगरपालिका– १३ डमरपुरस्थित मामा घरमा बस्दै आएका मकवानपुरको हेटौंडा उपमहनगरपालिका– १५ भोर्लेका २० वर्षीय सरोज बम्जनको सर्पको टोकाइबाट मृत्यु भएको हो । बुधबार बिहान ३ बजे सर्पले बम्जनको कानमा डसेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी निुभयो ।
सवारी दुर्घटनामा परी मृत्यु
जीतपुर,
बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ शान्तिचोकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय राजन श्रेष्ठ छन् । वीरगन्जबाट सिमरा जाँदै गरेको बा ०३००१ ख ११२७ नम्बरको ट्रकले श्रेठलाई मंगलबार राति करिब ९ बजेतिर ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।