कलैया,बाराको नाका भएर भारत पुगेको गाँजा भारतीय एसएसबीले नियन्त्रणम लिएको छ । बाराको भारतीय सीमावर्ती गाउँ कोरैयामा एसएसबिले ५८ किलो गाँजासहित एक ना नेपाली नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिकाका ५२ बर्षीय सोनालाल प्रसाद रहेका छन् । गोप्य सूचनाको अधारमा उनलाई गाँजासहित नियन्त्रणमा लिइएको बताइएको छ । गाँजा निर्यातबारे थप अनुसन्धान गरिरहेको एसएसबीले जनाएको छ ।

भारतीय नागरिक पक्राउ

वीरगन्ज,पर्सा प्रहरीले लागु औषध खैरो हिरोइनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मोतिहारीका ३५ वर्षीय मन्टु पण्डित कुम्हाल रहेका छन् ।

प्रकाउ परेकाको साथबाट प्रहरीले ५ ग्राम १८० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ । उनीमाथि पाइन्टको दाहिने खल्तीमा लुकाइछिपाई लागु औषध खैरो हिरोइन राखिएको आरोप छ । साथै लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।

 

 

Leave a Reply