सिमरा,ईलाका प्रहरी कार्यालय सिमराले ११५ लिटर अबैध घरेलु मदिरा र एउटा यात्रुबाहक बससहितदुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले एक जना महिला र एक जना पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३० का आकास लामा र जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज बस्ने वर्ष २६ की सम्झना गुरु¨ रहेकी छन् । ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी बरिष्ठ हवल्दार बिनयकुमार सिंहको कमाण्डमा गएको मोटरसाइकल टोलीले बस र बसका चालक लामा र मदिरा तस्करीमा संलग्न सम्झना गुरु¨लाईनियन्त्रणमा लिएको हो ।
वीरगन्ंज–पथलैया सड्क खण्ड अन्तरर्गत हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.न.३–००१.ख.०३०७ नम्बरको यात्रुबाहक बसलाई रोकेर प्रहरीले चेकजाँच गर्ने क्रमम प्लाष्टिकको झोला प्याकि¨ गरेर उक्त बसको डिक्कीमा राखिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मदिरा सहित पक्राउ परेका उनीहरु दुबै जनालाई आन्तरिक राजश्व कार्यालय सिमरामा पठाइएको छ ।