नरेश गुप्ता

बरियारपुर,जिल्ला सदरमुकाम कलैया बजार क्षेत्रका विभिन्न ५ स्थानमा मास्क बैंकको स्थापना गरिएको छ । शनिबार नेकपा एमालेका नेता एवं पूर्व प्रदेशसभा सदस्य महम्मद समिरको अगुवाइमा भ्वाईस अफ बाराले मास्क बैंक संचालनमा ल्याएको हो ।

नेता समिरले कोरोना संक्रमणको महामारीबाट बच्न सबैलाई अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गनुएभयो । बिहान बेलुकीको छाक टार्न मुस्किल हुने धेरैका लागि दैनिक मास्क खरिद गरी प्रयोग गर्न समस्या छ । गरिब विपन्नहरु नै मास्क प्रयोग नगरेको अभियोगमा कारबाहीमा पर्ने गरेको पाइन्छ । सर्बसाधरणको सुविधा लागि मास्क बैंक स्थापना पुन्यको काम भएको नेता समिरले बताउनुभयो ।

सेवाभावका साथ “नहुनेले लिएर र हुनेले दिएर जानुस” भन्ने नाराका साथ संचालनमा आएको मास्क बैंक कलैया बजार क्षेत्रको गुप्ता पेट्रोल पम्प, सिद्घार्थ स्विट्, केसर स्विट्, नेपाल टेलिकम अगाडि सडक किनारमा संचालनमा छ । यस्तै कलैया उपमहानगरपालिका वडा नं १४ बघवनमा समेत मास्क बैंक स्थापना गरिएको भ्वाईस अफ बाराका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष महम्मद शाहिद रजाले जानकारी दिनुभयो ।

भ्वाईस अफ बाराको आयोजना, ल्यान्स क्लब अफ कलैया, बारा उद्योग बाणिज्य संघ कलैया, मडवारी सेवा समिति कलैया र जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा मास्क बैंकको स्थापना भएको अध्यक्ष रजाले बताउनुभो ।

मास्क बैंकको स्थापना कार्यक्रममा भ्वाईस अफ बाराका सचिव अमित गुप्ता, सदस्य संदिप केशरी, बारा उद्योग वाणिज्य संघ कलैयाका अध्यक्ष राजकुमार साह तेली, लायान्स क्लब अफ कलैयाका अध्यक्ष दिलिप चौधरी, मरवाडी सेवा समिति कलैया महासचिव भरत अग्रवाल, सदस्य मनोज कुमार पोद्धार, जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष नबिन अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply