वीरगन्ज,संयुक्त विद्यार्थी संगठन पर्साले जिल्ला सदरमुकाम वीरगन्जमा निकालेको जुलुसमा झडप हुँदा केहि विद्यार्थी नेता घाइते भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन र निर्वाचन घोषणाको विरोधमा पूर्वघोषित कार्यक्रम अनुरुप संयुक्त विद्यार्थी संगठनले वीरगन्जमा आयोजनामा गरेको प्रदर्शनमा विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

झडपमा परेर समाजवादी विद्यार्थी युनियनका ठाकुरराम बहुमुखी क्याम्पस एकाई कमिटीका अध्यक्ष हरेन्द्र साह, अखिल क्रान्तिकारीका रणदीप श्रीवास्तव, नेपाल विद्यार्थी संघका विकेश पटेल लगायत नेता घाइते भएका हुन् । उनीहरुको अहिले नारायणी अस्पतालमा उपचार चलिरहेको संगठनका नेता रवी गुप्ताले जानकारी दिनुभयो ।

संयुक्त विद्यार्थी संगठनले वीरगन्जका विभिन्न ठाउँबाट जुलुस निकाल्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत दहन गरेका थिए । प्रहरीले पुत्ला जलाउनबाट रोकेपछि विद्यार्थीसंग झडप भएको नेता गुप्ताले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here