कृष्णमोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिका वडा नं ३ मा शनिवारदेखि सातौ परसवा गोल्डकप शुरु भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले रेफ्री बिशाल कुमारलाई बल हस्तान्तरण गरी खेलको उद्घाटन गर्नुभएको थियो ।न्यू एभरेष्ट क्लब परसवाका अध्यक्ष उमाकान्त प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद शंकर प्रसाद चौधरी, संविधान सभा सदस्य जयप्रकाश थारु, नेकपा माओवादीका बिजय महतो, जिराभवानी गापा अध्यक्ष अनोज चौधरी, पटेर्वासुगौली गापाका अध्यक्ष दिनेश कुमार चौधरी, जगरनाथपुरका अध्यक्ष श्रीकान्त यादव, ठोरीका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष ममता महतो, रेखा चौधरी, बबिता सिंह क्षेत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।न्यू एभरेष्ट क्लव परसवाद्वारा आयोजित ७ औ परसवा गोल्डकप २०८० मा आज भएको खेलमा सेढवाले जित हासिल गरेको छ । सेढवाले पटेर्वासुगौली देकुलीलाई ० को विरूद्ध १ गोलले पराजित गरी बिजय भएको हो । दुई टिमको निकै प्रतिस्पर्धात्मक खेलमा १० मिनेट समय बाँकी हुँदा सेढवाका ग्लोरीले गोल गरेका थिए ।शनिवारको खेलमा मैन अफ दि म्याच सेढवाका जर्सी ग्लोरी घोषित हुनुभएको छ । आइतवार हुने लिग चरणको पहिलो खेल पकडीटोल र सिद्धपुरबीच हुने छ भने दोस्रो खेल परसवा र निजगढ – ११ बाराबीच हुने बताइएको छ ।

Leave a Reply