वीरगन्ज,वीरगन्ज महानगरपालिकाले पनि बुधबार राष्ट्रिय धान दिवस, रोपाई गरेर मनाएको छ । १८ ओैं राष्ट्रिय धान रोपाइँ दिवसको अवसरमा महानगरपालिकाको वडा नम्बर ३१ मा धान रोपाँई गरेर दिवस मनाईएको हो । महानगरपालिकाको कृषि शाखाले आयोजना गरेको धान रोपाइँ कार्यक्रममा प्रमुख अतिथि महानगर प्रमुख विजयकुमार सरावगी पनि सहभागी हुनुभएको थियो । उहाँले धान रोपेर राष्ट्रिय धान दिवसको उदघाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले कृषि क्षेत्रलाई महानगरपालिकाले प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले कृषकका समस्याहरूको समाधानतर्फ महानगर गम्भीर भएको बताउँदै वडा नम्बर ३१ मा चैते धान पकेट क्षेत्रको रूपमा घोषणा गरी कार्यक्रम समेत सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष चुमनदास चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका आर्थिक विकास महाशाखाका प्रमुख रामदयाल यादव, सरसफाइ शाखाका सर्फुदिन मियाँ, प्रशासन शाखा प्रमुख विकासकुमार मिश्रा, लेखा अधिकृत रूपनारायण राउत, आइटी अफिसर सतिश चौधरी लगायतको उपस्थिति रहेको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाकी प्रमुख उर्मिला श्रेष्ठले बताउनुभयो ।
यसैगरी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पनि मंगलबार राष्ट्रिय धान दिवस मनाइएको छ । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा महुवनस्थित खेतमा धान रोपेर धान दिवस मनाइएको हो । यस्तै पर्साको पटेर्वासुगौली गाँउपालिकाले पनि मंगलबार धान दिवस मनाएको छ । गाउँ पालिकाकी उपाध्यक्ष ममता महतोले खेतमा धान रोपेर धान दिवस कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । छठिमइया कृषक समुहको अध्यक्ष रामज्योति देवीको अध्यक्षतामा भएको कार्यक्रममा गाँउपालिकाको कृषि शाखाका प्राविधिक गोबिन्द भैया, मोहन चौधरी, पशु शाखाका पृथ्वीनारायण साह, वडा अध्यक्ष मोतिलाल साह लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच सिम्रौनगढबाट हाम्रा सम्बाददाता सिकिन्द्र साहका अनुसार बाराको पचरौता नगरपालिकाले पनि धान दिवस मनाएको छ । नगरपालिका कृषि शाखाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता नगरप्रमुख रमेशकुमार यादवले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख यादबले धान उत्पादनमा वृद्धि र खाद्य सुरक्षा तथा किसानलाई आत्मनिर्भरता बनाउने उद्देश्यले नगरपालिकामा धान दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, कर्मचारीहरु संगीता घिमिरे, हिरामणी शर्मा, सोनालाल र वडा अध्यक्षहरु वडा अध्यक्ष मनोजप्रसाद यादव, वडा सदश्य मधु देवीलगायतको सहभागिता रहेको थियो । पचौरता नगरपालिकामा हरेक वर्ष असार १५ गते धान दिवस मनाएर खेतमा नै दही चिउरा खाने गरिएको नगरपालिकाका वडा नम्बर २ श्रीनगर बैरियाका किसानहरुले बताएका छन ।
फोटो पनि छ ।