वीरगन्ज,कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावति लक्षित वर्गलाई बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित नितनपुरमा भरिएको खाना पकाउँने ग्याँस सिलिन्डर सहित चुल्हो सेट वितरण गरिएको छ । उपमहानगरपालिकाको वडा नम्बर १० मा ६ सय ३० जना लक्षित वर्गलाई भरिएको ग्याँस सिलिन्डर सहित चुल्होको सेट निःशुल्क वितरण गरिएको हो । वडा अध्यक्ष सरोजकुमार राउतले आफ्नों वडाका महिलाहरू धुँवामा खान पकाउँदा स्वास्थ्यमा समस्या आएको र वडामासमेत वातावरण प्रदुषण हुने गरेको यस्तो समस्याबाट जोगिन वडामा भरिएको ग्याँस सिलिन्डर, चुल्हो, रेगुरेटर, ग्याँस पाईप, सेफ्टी क्लिप पनि बितरण गरिएको बताउनुभयो । वडा स्तरीय ३५ लाख ९० हजार बजेटबाट वडाका लक्षित वर्ग, जसको घरमा दाउरा वा भुसले खाना पाक्ने गर्छ सोही घरपरिवारलाई ग्याँस सिलिन्डर सहित चुल्होको सेट वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

Leave a Reply