कृपा संवाददाता
डेक्स – कोरोना भाईरस (कोभिड–१९) महामारीको रुपमा फैलिरहेका बेला विश्वको टाउको दुखाई भएका छन् । विश्वको टाउको दुखाई भईरहेको बेला नेपालको पनि टाउको दुखाई हुनु सवभाविक नै हो । सोहि अनुसार नेपाल सरकारले पनि करिब एक महिना देखि लकडाउन गरेको छ । सरकारले लकडाउन जारी राखेका बेला बाराको करैयामाई गाउँपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद साहले हुल जम्मा गरी पञ्चायती गरिरहदा केहि स्थानीयहरुले बिरोध जनाएका थिए ।

 

लकडाउन जारी रहेको बेला वडा अध्यक्ष साहले लकडाउन नै समर्थन गर्नुपर्ने ठाउँमा लकडाउनको बिरुद्ध लागेको स्थानीयहरुको आरोप रहेको छ । करैयामाई गाउँपालिका वडा नम्बर ८ ईटहरको स्थानीय बिजय साह सोनार तथा लक्ष्मी पटेल बिच झग्डा भएको थियो । सोनारले मापसे गरी राती पटेललाई कुटपिट गरेको थियो ।

 

झग्डा भएपछि वडा अध्यक्ष साहले गाउँलेलाई नै जम्मा गरी पञ्चायती गरेको थियो । वडा अध्यक्ष साहले हुल जम्मा गरी पञ्चायती गरेको भनी स्थानीय रामनिवास सर्राफले फोटो तथा भिडियो खिच्दा वडा अध्यक्ष साह तथा वडा अध्यक्षका भाई लालबावु साहले कुटपिट गर्ने तथा मार्ने धम्की दिएका थिए ।

 

वडा अध्यक्ष साहले पञ्चायती गर्दा पटेल तथा सोनार दुबैलाई १०/१० हजार जरिवाना गरेका बारे स्थानीय सर्राफले जानकारी दिए । वडा अध्यक्ष साहको अहिले वडामा रहेको पाँचै वटा गाँउमा विरोध गईरहेको छ । वडा अध्यक्ष साहले मापसे गरी राती राती सर्वसाधारण जनतालाई धम्की दिने गरेको बारे औनीयाका जितेन्द्र चौधरीले सुनाए ।

 

वडा अध्यक्ष साहले राती मापसे गरी सर्वसाधारणलाई धम्की दिदाँ प्रहरी भने मुख दर्शक भई हेरिरेका बारे स्थानीयबासीहरुको आरोप रहेका छन् । सोहि विषयलाई लिएर स्थानीयहरु वडा कार्यालयमा जाँदा वडा अध्यक्ष साहले प्रहरी लगाई स्थानीयहरुलाई कुटपिट गराएका थिए । प्रहरीले वडा अध्यक्ष साहलाई कार्वाही गर्नुपर्ने ठाउँमा उल्टै सहयोग गर्ने गरेको स्थानीयबासीहरुको आरोप रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here