बरियारपुर,ईलाका प्रहरी कार्यालय निजगढले लेनदेन मुद्दाका फरार एकजना प्रतिवादीलाई शुक्रवार निजगढबाट पक्राउ गरेको छ ।

पर्सा जिल्ला अदालत पर्साको माघ २८ गतेको फैसाला आदेशानुसार लेनदेन मुद्दामा १ वर्ष कैद र दावी बिगो बराबरको जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादी बारा जिल्ला जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने शम्भु ठाकुरको वर्ष ३२ को छोरा बब्लु ठाकुर लोहारलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय निजगढबाट खटिइएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा निजगढ नगरपालिका ९ स्थित पूर्वपश्चिम लोकमार्गमा हिडडुल गरिरहेको अवस्थामा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेको लोहारलाई कैद भुक्तान तथा जरिवाना असुल उपरको लागि सम्मानित पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here