राजन कुमार बानिया
पोखरिया – पर्साको छिपहरमाइ गाउँपालिकामा सशस्त्र प्रहरीले महिलामाथि कुटपिट गरि दुरव्यवहार गरेको भन्दै स्थानीयवासी बिरोधमा उत्रेका छन् । सशस्त्र प्रहरीको ज्यादतीको बिरोध गर्दा स्थानीय र सशस्त्र प्रहरीबीच बिवाद हुँदा स्थानीय प्रदर्शनमा उत्रेका हुन् । गाउँपालिकाको वडा नं.५ स्थित भिस्वा र भारतको नाका सिकटा टासेको छ । सिमापारीबाट तरकारी खरिद गरि ल्याई रहेको देखेपछि सिमा नाकामा तैनाथ सशस्त्र प्रहरीले महिलालाई नियन्त्रणमा लिई कुटपिट गर्नुका साथै दुरव्यवहार गरेको स्थानियले आरोप लगाएका छन् ।
भिस्वा गाउँमा रहेका सशस्त्र प्रहरी बेस क्यामले आफूले चाहेको बेला तरकारी तथा खाद्यान्न सिमा परीबाट ल्याउन हुने तर सिमासँग टासिएको गरिब जनता सिमा पारी गएर तरकारी खरीद गरेर ल्याउँदा ठूलो अपराध नै गरेको जस्तो सर्वसाधारणसँग दुरव्यवहार गरेको स्थानियले बताएका छ । तरकारी खरिद गरेर ल्याउँदैमा ठूलो अपराध नै गरेको थिएन किन महिलामाथि कुटपिट गर्यो उनले भने । महिलामाथि कुटपिट तथा दुरव्यवहार गरेको बिरोधमा स्थानिय आक्रोशित हुँदै सशस्त्र प्रहरीको गलत रवैयाको बिरोध गर्दा केही बेर तनाव भएको छ ।
घटनाबारे सशस्त्र प्रहरीलाई सचेत गराउन खोज्दा उल्टै हामीमाथि नै दुरव्यवहार गर्न खोजेपछी स्थानियले ढुङ्गामुडा प्रहार गरेका थिए । स्थानिय बिरोध प्रदर्शनमा उत्रेपछि सशस्त्र बेसका इन्चार्ज हरी पराजुलीको कमाण्डमा रहेको सशस्त्र प्रहरी पछि हटेको थियो । घटनास्थल लगतै पुगेको इलका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीक्षक चन्द्र सिंहको नेतृत्वमा गएको प्रहरी टोलिले स्थित नियन्त्रणमा लिने गरिएको छ।
प्रहरी निरीक्षक चन्द्र सिंहले स्थानीयलाई सम्झाउने बुझाउने प्रयास गरि रहेका छन् तर स्थानीयले दोषी सशस्त्र प्रहरीको कार्वाहीको आडान लिएका छन् । सिमा पारी सिक्टाबाट तरकारी किनेर आइरहेकी २ महिलालाई भिस्वा सिमा नाकामा खटेका सशस्त्र प्रहरीले निर्धात कुटपिट गरेपछि आक्रोसित स्थानियहरु सशस्त्र प्रहरी बिरुद्ध उत्रेका हुन् । धोबिनी गाउँपालिकाको लंगडीका ति महिलाहरु घाइते भएको स्थानिय आलोक कुशवाहाले बताए । घटनाबारे बुझन सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवरसँग फोन सम्पर्क गर्दा फोन उठाएन ।