सिमरा,अन्तर्राष्ट्रिय लागु औषधरहित दिवसको अवसरमा आङ्गगता भएका एकजना युवालाई व्हिलचियर हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ सिमरा युथ र नयाँ गोरेटो पुनस्र्थापना केन्द्रले संयुक्त रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का ३० वर्षीय दिलिप बास्कोटालाई व्हिलचियर हस्तान्तरण गरिएको हो ।
बास्कोटा लागुऔषधको पूर्वप्रयोगकर्ता हुनुहुन्छ । पुनस्र्थापना केन्द्रमा उपचार लिएपछि लागुऔषधको प्रयोग छाडनुभएका उहाँले सवारी दुर्घटनामा खुट्टा गुमाउनुभएको थियो । काठमाडौको कोटेश्वरमा भएको सवारी दुर्घटनापछि उपचारका क्रममा उहाँको खुट्टा काटिएको थियो ।
दुर्घटनापछि घरमा बस्दै आउनुभएका बास्कोटालाई लायन्स क्लब सिमरा युथ र नयाँ गोरेटो पुनस्र्थापना केन्द्रले सहजताका लागि व्हिलचियर सहयोग गरेको हो । अपाङ्गता भएका युवाको मनोबल उच्च राख्न र दैनिक जीवनको सहजताका लागि व्हिलचियर र फलफुल सहयोग गरिएको नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामाले बताउनुभयो ।
दुबै संस्थाका प्रतिनिधिले घरमै पुगेर व्हिलचियर सहयोग गरेपछि बास्कोटा खुसी देखिनुभएको थियो । व्हिलचियरका लागि लायन्स क्लब अफ सिमराका अध्यक्ष हन्कल्पित न्यौपाने, नयाँ गोरेटोका अध्यक्ष राजकुमार लामा, लायन्स क्लबका प्रथम उपाध्यक्ष दिवाकर भण्डारी, सदस्य सरोज खनाल, निलिशा बर्मा, सपना ढकाल, सुशान्त साह, सिमराकी लक्की श्रेष्ठ, लीला लोप्चन, चन्द्रपुर निवासी देवेन्द्र अर्याललगायतले आर्थिक सहयोग गरेका थिए । व्हिलचियरका लागि नेपाल अपाङ्ग सेवा संघ बाराले सहजीकरण गरेको थियो ।