नरेश गुप्ता
बरियारपुर –  बाराको हुलाकी राजमार्ग अन्तर्गत लङ्गरा चौक नजिक दुईवटा मोटरसाइकल अनियंत्रित भैइ दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । ना ३० प २७५६ नम्बरको मोटरसाइकलमा सवार पचरौता नगरपालिका ८ निवासी २१ बर्षिय बिजय यादव र पछाडी बसेको उनका आफ्न्त ५५ बर्षिय रामेश्वर यादवको मृत्यु भएको छ । मोटरसाइकलको बिचमा राखी पाडो राखी गैइरहेको अवस्थामा मोटरसाइकल अनियंत्रित भएर मोटरसाइकल दुर्घटनामा परि उनिहरुको ज्यान गएको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

 

 

 

 

 

 

 

त्यसैगरी लु २९ प ७९६३ नम्बरको मोटरसाइकल चालक पचौरता नगरपालिका ९ निवासी ३५ बर्षिय मन्जय ठाकुर लोहारको मृत्यु भएको छ । राती भएको छुटाछुटै दुरखटाना तेज गतिको कारण सवारी अनियंत्रित भैइ दुर्घटाना भएको प्रहरीले जनाएको छ । हुलाकी राजमार्ग अन्तर्गत कलैया बिरगंज ,बरियारपुर , आदर्श कोतवाल सडकखण्डमा बिगतको दिनमा पनि सवारी दुर्घटनामा परि अकालमै ज्यानहरुको बढेको छ ।

 

 

 

 

 

 

तेज गति कै कारण सवारी अनियंत्रित भैइ सवारी साधन ठोक्किएर सवारी दुरखटाना बढ्दै गएको प्रत्यक्षदर्शीहरु बताउंछ । हुलाकी राजमार्ग फराकिलो र पिंच भए संगै सवारीसाधन दुर्घटनामा पर्नु चालकै लापरबाही हुने गरेको ट्राफिक पोष्ट कलैयाको ट्राफिक नायब निरीक्षक सुरेश कुमार यादवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here