वीरगन्ज,पर्सागढी नगरपालिकाले असन्तुष्ट सदस्यहरुको नाराबाजीका बीच आर्थिक वर्ष ०७८–०७९ का लागि ५९ करोड ३३ लाख ३२ हजार ४ सय ९३ रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान क्रमशः १२ करोड ९२ लाख, ८८ लाख ५९ हजार, संघ र प्रदेश सरकारबाट राजश्व बाँडफाँड क्रमशः ८ करोड ८६ लाख ३४ हजार र ५२ लाख ६१ हजार ५ सय ९१ रुपैयाँ ८० पैसा, संघ सरकारको शसर्त अनुदान १६ करोड ८५ लाख, प्रदेश सरकारको विशेष अनुदान र समपुरक अनुदान ५० लाख, आन्तरिक आम्दानी १ करोड ५० लाख, माज्दात १० करोड, सामाजिक सुरक्षा कार्यक्रमको ७ करोड २५ लाख र स्थानीय तह क्षमता विकास कार्यक्रमको ३ लाख ७७ हजार ९ सय २ रुपैयाँ आम्दानी हुने अनुमान बजेटमा छ ।

खर्च तर्फ प्रशासनिक खर्च १० करोड ३५ लाख, वडागत योजनामा ५ करोड ९० लाख, नगर स्तरीय योजनाहरु पूर्वाधार विकास तर्फ ४ करोड ५० लाख, आर्थिक विकासमा १ करोड ९३ लाख ५० हजार, संस्थागत विकास र सुशासनमा ५४ लाख ९० हजार, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ४६ लाख गरी ८ करोड ४४ लाख ४५ हजार ५ सय ९१ रुपैयाँ, संघिय सरकारका योजनाहरुमा १६ करोड ८५ लाख, भुक्तानी दिन बाँकी योजनाहरुका लागि १० करोड, विशेष र समपुरक अनुदानहरुमा ५० लाख, सामाजिक सुरक्षा कार्यक्रममा ७ करोड २५ लाख, स्थानीय तह क्षमता विकास कार्यक्रममा ३ लाख ७७ हजार ९ सय २ रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

गौरवशाली पर्सागढीको समृद्धि हाम्रो रहर, व्यवसायिक कृषि, मानविय विकास, हरित सुन्दर शहर मुल नाराका साथ नगरबासीको आधारभूत आवश्यकता पुरा गर्दै विशिष्ट पहिचान सहितको सुन्दर र समृद्ध नगरपालिका बनाउने मुख्य सोच नगरपालिकाले लिएको छ । त्यसका लागि प्रत्येक वडामा एउटा नमुना कृषि फार्मको विकास गर्ने, विदेशबाट ज्ञान, सीप सहित स्वदेश फर्किएका युवालाई लक्षित कार्यक्रम ल्याउने, किसानको गोठ गोठमा नगरपालिका कार्यक्रम अन्र्तगत परम्परागत रुपमा पशुपंक्षी पालन गर्दै आएका कृषक तथा कृषक समूहलाई नश्ल सुधार तथा आहार व्यवस्थापन र पशुधन सुरक्षाका लागि गाई भैंसी बाख्रालाई खोप औषधी उपलब्ध गराउने, उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । स्थानीय उत्पादन स्थानीय हाट बजारबाटै खरिद गरी उपयोग गर्न प्रोत्साहन गर्ने, प्रांगारिक कृषि खेतीमा जोड दिने, घरेलु तथा साना उद्योग, ईट्टा उद्योगको विकास र प्रवद्र्धनमा जोड दिने, एक वडा कम्तीमा एक सहकारी घर घरमा रोजगारी अभियानद्वारा घरघरमा बालीनाली, मौसमी, बेमौसमी तरकारी, दुध तथा दुग्धजन्य र मासुजन्य पदार्थ उत्पादन, सहकारी मार्फत खरिद बिक्रि, बजारिकरणद्वारा आत्मनिर्भर बनाउँदै लैजाने, स्वास्थ्य चौकीमा वर्थिङ सेवा उपलब्ध गराईने र स्वास्थ्यचौकीमा सुत्केरी गराए वापत १ हजार रुपैयाँ सुत्केरी स्याहार भत्ता दिने, सबै सामुदायिक विद्यालयमा प्रारम्भिक कक्षा देखि नै अंग्रेजी माध्यमबाट सुरु भएको पठनपाठनलाई माथिल्लो कक्षासम्म वृद्धि गर्दै लैजाने, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष स्थापना गरि गरिब तथा जेहेन्दार विद्यार्थीको प्राविधिक क्षेत्रको उच्च शिक्षा अध्ययनको लागि सहयोग गर्ने नगरपालिकाको योजना छ ।

Leave a Reply