निजगढ,निजगढ ४ स्थित बाघ भैरव सामुदायिक वन उपभोक्ता समूहको १० औं साधारण सभा शनिवार सम्पन्न भएको छ ।वन समुहका अध्यक्ष अमर स्याङ्गतानको अध्यक्षतामा भएको सो साधारण सभाको वडा नम्बर ४ का वडा अध्यक्ष बिसन सापकोटाले उद्धाटन गर्नुभएको थियो । साधारण सभाले अध्यक्ष स्याङ्गतानले पेस गरेको बार्षिक नीति तथा कार्यक्रम, भावी योजना र कोषाध्यक्ष ज्ञानबहादुर थिङ्गले पेस गरेको आय व्याय विवरण सर्वसम्मतिले पास गरेको छ ।
कार्यक्रममा सामदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष रामजी बजगाई, निजगढ नगर महासंघ अध्यक्ष कुशबहादुर थापा, वडा अध्यक्ष सापकोटा, तामागढी सब डिभिजन वन कार्यालयका प्रमुख सुरेश भगत, कार्यपालिका सदस्य मिना चौरेल, मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विश्वराज स्याङ्गतानलगायतले साधाधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन रामबहादुर खडकाले गर्नुभएको थियो ।


















