निजगढ,पूर्वपश्चिम लोकमार्गमा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिदा शुक्रबार निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सत्तेश्वर आधारभुत विद्यालयकी शिक्षिका घाइते बन्नुभएको छ । सर्लाहीबाट वीरगन्जतर्फ जादै गरेको प्रदेश नम्बर ३ ०१०२३ च ७७०१ नम्बरको बोलेरोले हिजो साझ निजगढस्थित देउराली पथ नजिक सडकमा शिक्षिका चढेको स्कुटरलाई ठक्कर दिएको थियो । घाइते शिक्षिका निजगगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामजी बजगाईकी छोरी हुनुहुनुन्छ । घाइते बजगाँईको निजगढस्थित नेशनल हस्पिटलबाट थप उपचारको लागि चितवनको सिएमसी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक संजय यादबले जानकारी दिनुभयो । जिपसहित चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको परिवारका सदस्यले जनाएका छन ।