पुष्पराज खतिवडा
मनहर्वा,बारामा प्रहरीले ठूलो परिमाणको लागू औषधसहित रौतहटका एकजना पक्राउ परेका छन ।रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरीया बस्ने २० वर्षका अनिल बैठालाई बाराको जितपुरसिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैयाबाट शुक्रवार राती पक्राउ गरेको प्रहरीले जनाएको छ ।

रौतहटको मौलापुरबाट काठमाडौँ जाँदै गरेको प्र.०३–००१ ख २७०१ नम्बरको रात्रीबसमा लुकाईछिपाई लैजाँदै गरेको गरिएको डाईजापाम– १०२ पत्ता (२५५० पिस), नाईट्राभेट– ३११ पत्ता (४६६५ पिस) र नोरफिन– ५० पत्ता (१२५० पिस) बैठाको साथबाट बरामद भएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताउनुभयो ।

गत शुक्रवार राती पौने ९ बजेको समयमा प्रहरी चौकी पथलैया, बाराबाट खटिएको प्रहरी टोलीले पथलैया चोकमा मौलापुरबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई लैजाँदै गरेको लागु औषध ट्याबलेट सहित बैठा प्रकाउ परेका हुन् ।पक्राउ परेका बैठामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी न्यौपानेले बताउनुभयो । शुक्रवार पक्राउ परेका बैठालाई जिल्ला प्रहरी कार्यालय बाराले आइतवार मात्रै सार्वजनिक गरेको हो ।

Leave a Reply