नरेश गुप्ता

बरियारपुर,लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस जुन २६ को अवसरमा कलैयामा कलैयामा बिहिबार सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय बाराको आयोजनामा लागू औषधरहित परिवार, स्वस्थ्य जीवनको आधार मुल भन्ने नाराकासाथ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कलैयाका विभिन्न स्थानमा लागू औषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतनामुलक पर्चा वितरण गरिएको छ ।

लागू औषध दुरुपयोग तथा ओसारपसार नियन्त्रण गर्न विश्वव्यापी रुपमा जुन २६ मा यो दिवस मनाउने गरिन्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार लागूऔषधका दुव्र्यसनीहरुलाई एक्कलै कोठमा सुत्नु नदिने लगायतका सचेतता अपनाएर उनीहरुलाई कुलतबाट जोगाउन सकिने बताउनुभयो ।

Leave a Reply