कृष्ण मोहन साह
सेढवा – पर्साको पर्सागढी नगरपालिकाबाट बन गस्ती टोलिले छापामारि २ थान सालको गोलिया काठ बरामद गरेको छ । मधुवन मथवल सेक्टर बन कार्यालय बढनियारबाट सुपेदार प्रदिप तिमल्सिनाको नेतृत्वमा गएको बन गस्ती टोलिले पर्साको पर्सागढी नगरपालिकाकाे वडा नम्बर २ झोङर गाउँ नजिक गहु बारिमा लुकाइराखेको अवस्था रहेको २ थान सालको गोलिया काठ बीस क्युफिट बरामद गरेको हो ।
बरामद गरिएको काठ कस्को हो भन्ने बारेमा अनुसन्धान भैरहेको र काठ लाई आवश्यक कार्वाहीको लागि मधुवन मथवल सेक्टर बन कार्यालयमा राखिएको मधुवन मथवल सेक्टर बन कार्यालयका सहायक बन अधकृत सशिकान्त तिवारीले जानकारी दिनुभयो ।