वीरगन्ज,स्वर्गीय बिन्दु देवी पाण्डे पुरस्कारबाट रेडियो वीरगंजकी समाचारवाचिका अनिता कुवँर सम्मानित हुनु भएको छ ।

स्वः पाण्डेको ५ औ वार्षिक पुण्य तिथिमा आयोजित महिला पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा पुरस्कृत पत्रकार एनि कुँवरलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर २ का उर्जा सिचाई तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले महिला पत्रकारको हितको लागि कुनै कसर बाँकी नराख्ने गरि लागि पर्ने धारणा राख्नुभएको थियो । उहाँले पत्रकारको हितको पक्षमा प्रदेश सरकार रहेको र प्रदेश भरिका एफएम एवं पत्रपत्रिकाको अपिसलाई विद्युत महशुल मुक्त गराउने योजना ल्याउने पनि बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश नम्बर २ का महासचिव श्याम बन्जारा, महासंघ पर्सा जिल्ला अध्यक्ष अनुप तिवारी, वीरगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिवेदी, पत्रकार सरोज खडका लगयतले आ—आफ्नो धारणा राख्नुभएको थियो । बिन्दुदेबी प्रतिष्ठानको अध्यक्ष तुलसी भण्डारीको सभापतित्वमा भएको कार्यक्रमको संचालन माधुरी महतोले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here