कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर– १२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयले विद्यालय प्राङ्गणमा नाँचगान गर्न बुधबार विद्यालयमा बिदा दिएको छ ।

मुअवामाईको मेलाको लौन्डा नाँच देखाउन संचालन भइरहेको प्रथम त्रैमासिक परीक्षा स्थगित गरेर विद्यालयमा बिदा दिएको हो । बुधबार हुने गणित बिषयको परीक्षा स्थगित गरि नाँचगानको लागि विद्यार्थीहरुलाई बिदा दिइएको प्रधानाध्यापक राजकिशोर सहनीले जानकारी दिनुभयो । स्थानीयबासी र विद्यालय व्यवस्थापन समितिको दबाबमा विद्यालय बन्द गरेर परीक्षा स्थगित गरिएको प्रअ सहनीले बताउनुभयो ।

स्थगित भएको परीक्षा आउँदो शनिबार लिने गरि विद्यालयमा बिदा मिलाइएको प्रधानाध्यापक सहनीको भनाइ छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिश्वनाथ यादवले स्थानीय गाउँले र अभिभावकहरुको आग्रहमा विद्यालयमा बिदा दिइएको स्वीकार गर्नुभयो । सो विद्यालयमा कक्षा एकदेखि आठसम्म करिब दुई सय ५० जना विद्यार्थी अध्यनरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here