हरेक वर्ष असार महिना लागेपछि बाढी पहिरो तथा यस्ता प्राकृतिक प्रकोपहरुले बितण्डा मच्चाएको कुरा आउने गर्दछ । त्यसो त प्राकृतिक प्रकोपले ठूलो मानवीय र भौतिक क्षति समेत गर्दै आइरहेको छ । हरेक वर्ष नेपालमा कुनै न कुनै खालको भौतिक क्षति प्राकृति प्रकोपहरुले गर्दै आइरहेका छन् । ठूलो मानवीय र भौतिक क्षति समेत हुने गरेका छन् ।

यस वर्ष पनि बर्षायाम शुरु हुनासाथ बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपहरु देशभर भइरहेका खबरहरु सार्वजनिक भएका छन् । सिन्धुपाल्चोक लगायतका केही स्थानहरुमा प्रकृतिले आतंक मच्चाएको छ । यसको दोषि त मानिस नै हो तैपनि अब मानिसलाई दोष देखाएर फेरि प्रकृतिसंग मजाक गर्न सकिने अवस्था त हुदैन नै ।

अब बर्षा लाग्नुभन्दा पहिला नै सर्तकता र सावधानी अपनाउन आवश्यक छ । उच्च सर्तकता र सावधानी सहित केही योजना सहित तयारी पनि बनाउन आवश्यक छ । जब पानी पर्छ तब योजनाहरु बनाएर समस्या समाधान हुन सक्दैन । त्यसैले पनि हरेक बर्ष बर्षायाम शुरु हुनुभन्दा अगाडि नै तयारी थालियो भने बाढीले पक्कै कम क्षति गर्नेछ ।

 

 

Leave a Reply