सिमरा,बारा जिल्लाको सिमरास्थित जगदम्बा स्टिल कारखानाको भट्टी पड्किएर भएको आगालागीमा २ जना मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टी पड्किदा थप ३ जना घाइते पनि भएका छन् । उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार चलिरहेको छ । मृत्यु हुनेमा उद्योगमा कार्यरत भारतीय नागरिक रहेको र उनीहरु फायरमैन र वेल्डर रहेको पनि प्रहरीले जनाएको छ । मृतकको थप विवरण र आगलागीबाट भएको क्षेतिको विवरण पनि प्राप्त हुन सकेको छैन । घटनाको कारण बारे पनि खुल्न नसकेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।