पुष्पराज खतिवडा
बारा
५ असार २०७८
प्रदेश २ सरकारको मुख्यमन्त्री “बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तरगत ५४ थान साईकल वितरण गरिएको छ । शनिबार कलैया उपमहानगरपालिका २४मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाका कक्षा आठमा अध्यायन गर्ने छात्राहरुमा एकएक थान साईकल वितरण गरिएको हो । विद्यालयद्वारा आयोजित विशेष कार्यक्रमका विच प्रतिनिधिसभा सदस्य रामबाबु प्रसाद यादव तथा प्रदेशसभा सदस्य पारस साह लगायतले छात्राहरुलाई साईकल वितरण गर्नुभएको हो ।
साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका निवर्तमान प्रतिनिधिसभा सदस्य यादवले छोरी शिक्षित भए मात्रै घर, गाउँ र समाज शिक्षित हुने बताउनु भयो । त्यसकालागि उनीहरुको शिक्षामा सहयोग स्वरुप साईकल वितरण गरिएको हो । प्रदेश २ सरकार मुख्यमन्त्री अभियानका रुपमा छोरीहरुको शिक्षा र शुरक्षामा विशेष काम गरिरहेको वहाँले बताउनु भयो ।
यस्तै प्रदेशसभा सदस्य साहले छोरीहरुको विमा, शिक्षामा सहजता र आगामी दिनमा १२ कक्षा सम्मकै निःशुल्क शिक्षाका लागि सरकारले काम गरिरहेको बताउनु भयो । सरकारले सरकारी नियूत्तीमा ५० महिलाको सहभागिता सुनिश्चत गर्ने योजना अघि सारेको वहाँले बताउने भयो । छोरा र छोरीमा विभेद नभै छोरी प्रतिको समाजको सोच परिवर्तनका लागि अभियान फलदायी भैरहेको साहको भनाई थियो । छोरीहरुलाई स्कुल आउनु सहज होस् । छोरी शिक्षित भए शुरक्षित पनि हुन्छन् ,त्यसैले प्रदेश सरकाले छोरीको शिक्षा र शुरक्षामा महत्व दिएर काम गरिरहेको साहले जानकारी दिनु भयो ।
कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य भरत बहादुर खड्का, जसपा कलैया नगरसमिति अध्यक्ष शिवनाथ पटेल, नेता रुपलाल चौधरी, हेमराज भट्टराई, कलैया उपमहानगरपालिका २४ का अध्यक्ष हरिलाल चौधरी, सदस्य लक्षमण यादव, प्राविधिक ईन्जिनियर राजेश प्रसाद चौधरी,विद्यालयका प्रधानअध्यापक हरिकिशोर कुँवर, विद्यालय ब्यवस्थापन समितिका सुरेश पास्वान, राधिका आर्चाय लगायत अविभावकहरु छात्रछात्रा र शिक्षकहरुको सहभागिता थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामदयाल प्रसाद चौधरीको अध्यक्षता एवं शिक्षक महन्थ प्रसाद चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।