प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि भन्दै करिब ३४ अर्बको बजेट ल्याएको छ । हुनत गत जेठमा संघीय सरकारले पनि बजेट ल्याएको थियो । अध्यादेश मार्फत प्रदेश सरकारले संसदबाट नै बजेट ल्याए पनि त्यही बजेटको बिषयमा अहिले बिभिन्न टिकाटिप्पणी भइरहेका छन् । अब स्थानीय सरकारहरुले पनि असारको १० गते बजेट ल्याउनेछन् । तर बजेट आम नागरिकहरुको पक्षमा भयो कि भएन । अथवा छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो ।
प्रदेश सरकारले ल्याएको बजेट कार्यकर्ता पोस्ने खालको मात्रै भएको भन्दै आपत्ति जनाइएको छ । त्यसो त प्रदेश सरकारले ल्याएको बजेटमा एक अर्ब भन्दा रकम धार्मिक स्थलहरुको बिकासका लागि छ्ट्याएको छ । धर्मको नाउमा यहाँनिर कसैलाई अपमानि गर्न खोजिएको होइन तर धार्मिक स्थलमा यसरी रकम खर्चिनुको सट्टा केही उपलब्धी मुलक काममा लगाउनु पर्दछ ।
त्यसो त कोभिडका कारण प्रदेश पनि अछुतो रहेको छैन । प्रदेश नम्बर २ त महामारीबाट सबैभन्दा बढी चपेटामा पनि छ । तर, कोभिडबाट जोगाउनका लागि प्रदेश सरकारले कुनै नीति बनाएको देखिदैन । बरु कोरोनाको दोश्रो लहर सुरु हुदै गर्दा प्रदेश सरकारले केही गरेन भन्नेहरुको संख्या धेरै थियो । प्रदेशभरि नै कम्तीमा एउटा कोभिड अस्पताल बनाउनु पर्दछ र मुख्यमंत्रीको जिल्ला भएका नाताले पनि वीरगन्जमा एउटा कोरोना अस्पताल बनाउन सके बजेटको अर्थ पुष्टि हुन सक्नेछ ।