जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरस्थित केयर भिजन स्कूलका कक्षा ८ का विद्यार्थीहरूको शैक्षिक भ्रमण तथा स्थानीय क्रियाकलाप अध्ययन कार्यक्रम आज सम्पन्न भएको छ ।“ज्ञानको खोजीमा—एक कदम कक्षा बाहिर, एक कदम वास्तविकतामा” भन्ने नाराका साथ भएको सो शैक्षिक भ्रमण अन्तर्गत विद्यार्थीहरूलाई स्थानीय सामाजिक विषय, विज्ञान, वातावरण तथा श्रोत–साधनबारे प्रत्यक्ष अनुभव गराइएको थियो ।
विद्यालय प्रशासनका अनुसार शैक्षिक भ्रमण कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा बुझाउनका लागि स्थानीय समुदाय, कृषि क्षेत्र, बजार प्रणाली तथा ऐतिहासिक स्थलको अवलोकन गराइएको थियो ।

शिक्षकहरूले बताएअनुसार यस्तो गतिविधिले विद्यार्थीहरूमा प्रश्न गर्ने, अवलोकन गर्ने र व्यवहारिक सीप विकास गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । विद्यार्थीहरूले पनि समुदायसँग प्रत्यक्ष भेटघाट, स्थानीय कामकाजको अवलोकन र स्थानीय संसाधनबारे बुझ्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।विद्यालयले आगामी दिनमा अन्य कक्षाका विद्यार्थीकै लागि पनि यस्तै शिक्षामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Leave a Reply