नरेश गुप्ता,

बाराको सुवर्ण गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तब समयमै कार्यालयमा नपुग्ने गरेकाले सेवाग्राहीहरु मार्कामा परेका छन । कार्यलय प्रमुख श्रीबास्तब सयममै कार्यालयमा हाजिर भएर काम नगरेपछि सेवाग्राहीले सास्ति बेहोर्नु परेको सुवर्ण गाउँपालिका वडा नम्बर ४ हर्दियाका राकेश यादवले बताउनुभयो । कार्यालय प्रमुखको गैह्जिम्मेवारीका कारण जरुरी काम लिएर पुगेका सेवाग्राहीहरु दिनभरि नै कार्यालयमा त्यसै बस्नु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । कार्यालय प्रमुख श्रीवास्तब प्राय गरेर दिउसो १२ बजेपछि मात्रै कार्यालयमा पुग्ने गरेको स्थानीयले बताएका छन ।

प्रचलित कानुन अनुसार सरकारी कार्यालयका कर्मचारीले १० बजे कार्यालयमा पुग्नु पर्ने हुन्छ । तर कार्यालय प्रमुख श्रीबास्तब दिउँसो १२ बजेपछि मात्रै कार्यालय आउने गरेकाले सेवाग्राहीहरु कार्यालयको गेटमा कुरेर बस्नु पर्ने बाध्यतामा रहेका छन । कार्यालय प्रमुखले समयमै काम नगरेपछि सानो काम गराउन पनि २÷३ पटकसम्म धाउनु परेको दुखेसो यादवको छ ।

कार्यालय प्रमुख श्रीवास्तबले कार्यालयमा नदिएपछि असार मसान्तसम्म उपभोक्ता समितिको रकमको भुक्तानी, सिफारिस पत्र र कार्यलयको दैनिक कार्य प्रभावित बनेको स्थानीयहरुले गुनासो गरेका छन । सुवर्ण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर आउनुभएका श्रीबास्तवले भाडामा महङ्गो गाडी प्रयोग गर्दै आउनुभएको भएपनि कार्यालय समयलाई भने ध्यान दिनुभएको पाइएको छैन ।

त्यसैगरी कार्यालय प्रमख श्रीवास्तबमाथि गैरसरकारी संस्थाको कार्यक्रममा रकमको चलखेल गरेको आरोप पनि लाग्दै आएको छ । उहाँले आफनो नजिकको मान्छेको संस्थाबाट आर्थिक वर्ष सकिन लाग्दा समाजिक बिकास शाखा प्रमुख संजिव रामसंग मिलेर नियम विपरीत कार्यक्रम संचालन गरेको भेटिएको छ । कमिसनको चलखेलमा निशेधज्ञामा समेत गैरसरकारी संघ संस्था मार्फत लक्षित बर्गको कार्यक्रम संचालन गरेको थियो ।

यता गाउँपालिका अध्यक्ष महेन्द्र यादवले भने कार्यालय प्रमुख केही ढिला भएपनि कार्यालय प्रमुख श्रीवास्तब प्रत्येक दिन कार्यालयमा आउने गरेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here