नरेश गुप्ता
बरियारपुर,नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कलैयाका सहसचिव डा सुशील साहले पदबाट राजिनामा दिनुभएको छ ।
बिगत लामो समयदेखि कलैया उपमहानगरपालिकाभित्र भएको भनिएको भ्रष्टाचारविरुद्ध अभियान संचालन गर्दै आउनु भएका युवा नेता साहले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर माओवादी पार्टी त्याग गरेको जानकारी दिनु भएको हो । गत स्थानीय निर्वाचनमा कलैया उपमहानगरपालिकामा नगर प्रमुखको प्रत्यासी रहनु भएका साह सहसचिवमा चयन भएदेखि नै पार्टीसंग असन्तुष्ट रहदै आउनु भएको थियो ।
चिकित्सा पेसामा आवद्ध साह हालै भएको अधिवेशनबाट माओवादी केन्द्रको कलैया नगर सहसचिवमा चुनिनु भएको थियो ।