निजगढ,बाराबाट अध्ययन तथा रोजगारीको लागि जापान पुगेका युवाहरु संठठित भएका छन् । उनीहरुले विदेशमा बसेर पनि जिल्लाको सेवा गर्ने शसक्त माध्यम बनाउने उद्देश्यले संगठित भएर बारा समाज जापान गठन गरेका हुन् । कोभिड १९ को लहरबीच भच्र्युअल बैठकले तदर्थ समिति गठन गरेको हो । नवगठित कार्यसमितिको अध्यक्षमा अनिल गिरी, उपाध्यक्षमा बैकुण्ठ गौतम, सचिवमा प्रवेश पोख्रेल, सह–सचिवमा सुजाता क्षेत्री, कोषाध्यक्षमा मनोज अधिकारी, सह–कोषाध्यक्षमा ममता थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मन्दीप अधिकारी, अजय शाह, ममता सापकोटा, भोला घले, अमित लामिछाने, बिष्णु न्यौपाने, धर्मेन्द्र चौधरी चयन हुुनुभएको छ । समितिको सल्लाहकार समितिमा नविन लामा र महेश्वर अधिकारी चयन हुनुभएको छ । समितिको पहिलो बैठकलेसंस्थालाई विधिवत रुपमा दर्ता प्रकिया अघि बढ़ाउने, बाराबासी सबैलाई समेटेर हातेमालो गर्दै अघि बढ़ने, बारा जिल्लाको हरेक समस्यामा साथ दिदै अघि बढ़ने निणर्य गरेको छ ।

Leave a Reply