नेपालको न्यायलयमा कति विकृति छ भन्ने कुरा बुधवार स्पष्ट भएको छ । कुनै एक व्यक्तिको सनकको भरमा कसैलाई पक्राउ गरियो र फेरि केही घण्टा नबित्दै छाडिएको छ । एउटा कुरा, नागरिक तहमा अदालतमा कसैले मुद्दा खेप्न परेको छ भने महिनौं लाग्ने गर्दछ तर ठूलावडाका सवालमा घण्टामा निर्णय हुँदोरहेछ । बुधवार रेशम चौधरी जसरी पक्राउ परे, त्यसरी नै आम नागरिकहरु पनि कति पक्राउ परेर जेलमा बसेका होलान् तर रेशमलाई बिना कारण पक्राउ गरियो अनि फेरि छाडियो । न्यायलय प्रहरीको चर्तिकला गज्जबको छ ।

सर्बोच्चले चिठी पठायो भन्दैमा त्यसको सत्यता जाँच नै नगर्ने प्रहरी अनि शाखा अधिकृतलाई चिठी काट्न लगाउने अदालत दुबै दोषी होइनन् र ? ती अधिकृतलाई त प्रहरीले पक्राउ गरेको छ यदि रेशमलाई पक्राउ गर्न आवश्यक नभएको भए हचुवाको भरमा पक्राउ गर्ने प्रहरीलाई खोइ कारबाही ? कि प्रहरीले जे गरेपनि हुन्छ ? रेशमको गल्ती भनेको सवालमा बहस होला नै ।रेशम दोषी वा निर्दोष जे भएपनि पीडितहरुले न्याय पाउनुपर्छ । यो सत्य हो तर नेपालमा पीडितले न्याय पाउने संभावना छैन । यहाँ हरेक कुरालाई राजनीतिमा जोडेर हेरिन्छ र उन्मुक्ति दिने गरिन्छ ।त्यसैले टीकापुर घटनाका दोषीले न्याय पाउने कुरा र सर्बोच्चको बुधवारको पत्र उस्ताउस्तै हो । जुन हचुवाका भरका छन् । न्यायको संभावना कसरी हुने र खोइ ?

Leave a Reply