निजगढ,निजगढ सामुदायिक अस्पतालमा साधारण सभाको बन्द सत्र स्थगित भएको छ । सोमवार भएको साधारण सभाले अस्पताल संचालक समितिमा नयाँ पदाधिकारी चयन गर्न नसकेपछि बन्द सत्र स्थगित भएको हो ।९ सदस्यीय कार्यसमितिको लागि अध्यक्षमा माधव न्यौपाने, ज्ञानेन्द्र चौलागाई र बिदुरलाल श्रेष्ठले उम्मेदवारी दिएका छन भने उपाध्यक्ष पदमा सावित्री भारती र गशेण राजभण्डारीको मनोनयन पत्र दर्ता भएको छ । त्यस्तै समितिको सचिवमा कैलाश केसी र चन्दन धामी, कोषाध्यक्ष जानुका अधिकारी र भाइकाजी श्रेष्ठले दाबी गरेका छन ।त्यसैगरी ४ सदस्यीय सदस्य पदको लागि रामकुमार शर्मा दहाल, मुकुन्द पौडेल, निर्मला रिसाल, परशुराम भण्डारी, किरण श्रेष्ठ, सीता मैनाली, गीता चौलागाई, गोविन्द खरेललगायतको उम्मेदवारी परेको छ । सहसचिवमा भने सरिता राई एकजनाको मात्रै उम्मेदवारी दर्ता भएको छ ।सामुदायिक अस्पतालको २४औं साधारण सभाको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमवार उद्धघाटन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here