कलैया,बारामा उत्पादन भएको तरकारीमा विषादीको मात्र अधिक पाइएको भनेर केही समयदेखि सार्वजनिक हुदैआएको समाचारको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राजनारायणप्रसाद साहले खण्डन गर्र्नुभएको छ ।बाराको तरकारीमा हाल कुनै परीक्षण नै नगरी गलत समाचार सार्वजनिक गरिएको साहको भनाई छ ।‘विगत ७, ८ वर्ष अगाडि काठमाण्डौंको कालिमटी तरकारी बजारले बाराको तरकारी परीक्षण गरेको थियो, उहाँले भन्नुभयो, तर हाल आएर कुनै परीक्षण नै गरिएको छैन ।’

उहाँले बारामा तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्ने प्रयोगशाला नभएको समेत स्वीकार गर्नुभएको छ ।
बारामा उत्पादन भएको तरकारी देशका अन्य बजारमा लैजादा चेक जाँच गर्ने क्वारेन्टाइन नभएकोले किसानहरुलाई बेला बखत आइपिएम पाठशालामार्फत कृषि उत्पादनमा विषादीको प्रयोग नगर्न शिक्षा दिने गरेको पनि ज्ञान केन्द्रका निमित्त प्रमुख साहको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here