वीरगन्ज,बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ लिपनीमालमा निर्माणधिन अवस्थामा रहेको नाला मापदण्ड विपरीत निर्माण भइरहेको स्थानीयहरुले आरोप लगाएका छन् । चालु आर्थिक बजेट २०७७÷०७८ को अन्तिम समयमा बजेट सिध्याउनको लागि निर्माणाधिन नाला मापदण्ड विपरीत निर्माण भइरहेको हो । गाँउपालिकाले आर्थिक वर्षको योजनामा समावेश नगरेको र बजेट सिध्याउनका लागि हतारहतारमा नाला निर्माण गराउन थालेको स्थानीयबासीले आरोप लगाएका छन् । स्थानीयका अनुसार २५ फिटभित्र सडक नाला निर्माण गराउने गरी काम थालनी भएको तर नाला निर्माण उपभोतmा समितिले आफ्नो कार्यकर्ताहरुको घर बचाउँदै मापदण्ड विपरीत कार्य धमाधम गर्दै आएको छ । नाला निर्माण कार्य मापदण्ड विपरीत किन गरेको भन्दै नाला निर्माण उपभोतmा समितिका अध्यक्ष सन्तोष सरार्फसँग प्रश्न गर्दा उल्टै हप्काएर मनोमानी काम अगाडि बढाएको स्थानीय धीरेन्द्र सरार्फले बताउनुभयो । उहाँका अनुसार नाला निर्माणमा ३ ईन्च पिसिसि, ६ ईन्च ढलान हुनुपर्नेमा बिना पिसिसि ४ ईन्च गर्दै काम अगाडि बढाएको छ । स्थानीयका अनुसार मापदण्ड विपरीत नाला निर्माण कार्य रोकेर सच्याउन आग्रह गरेपछि नाला निर्माण उपभोक्ता समितिका अध्यक्ष संतोष सरार्फले गत आइतबार रोक्ने र काम अगाडि बढाउने गरी दुई पक्षबीच झगडा गराएर काम अगाडी बढाएको सरार्फले आरोप लगाउनुभयो । मापदण्ड विपरित निर्माण कार्य रोक्न आग्रह गरेपछि तत्कालिन राजपा नेपालबाट निर्वाचित वडा अध्यक्ष अनिल रामले आफ्ना पार्टीका कार्यकर्तालाई मापदण्ड विपरित काम गर्न र बजेट सिध्याउन गरी अगाडि बढाएको उहाँको आरोप छ । निर्माण कार्य मापदण्ड अनुसार गर्न भन्दै रोक्न खोजेपछि दुई पक्षबीच झगडा भएपछि धीरेन्द्र सरार्फ पक्षले प्रहरी चौकी बुनियादमा उजुरी दर्ता गराएको प्रहरी नायब निरीक्षक सुनिल सिंहले बताउनुभयो । चालु आर्थिक वर्षको २३ लाखको लगानीमा १ सय ३० मिटर नाला निर्माण कार्य थालनी भएको गाँउपालिकाका ईन्जिनियर माघबेन्द्र कुमार सहनीले बताउनुभयो । उहाँले निर्माण कार्य मापदण्ड विपरित भएको भन्दै विवाद भएको स्वीकार गर्दै अब सच्याएर अगाडि बढ्ने बताउनुभयो ।