बरियारपुर,विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय बारा परिसरमा विभिन्न प्रजातिका बिरुवा लगाइएको छ । सो अवसरमा प्रहरी उपरीक्षक दिपेन्द्र शाही, प्रहरी प्रवक्ता गौतम मिश्रलगायत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो । वृक्षारोपण कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शाहीले मानव जीवनको लागि रुखको धेरै महत्व भएकोले सबैले वृक्षारोपण गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी बिश्व वातावरण दिवसको अवसरमा महागढीमाई फाउन्डेसन नेपालले पनि बृक्षारोपण गरेको छ । महागढीमाई नगर प्रमुख उपेन्द्र यादवको प्रमुख अतिथ्यमा बृक्षारोपण गरिएको फाउन्डेसन नेपालका सुनिल कुशवाहाले बताउनुभयो । बृक्षारोप कार्यक्रमलाई सुरभारम्भ गर्दै नगर प्रमुख यादवले एक घर एक बिरुवाका दरले वृक्षारोपण गर्नु पर्ने बताउनुभयो ।