बजेट आम नागरिकहरुको सरोकारको बिषय हो । त्यसो त बजेट पनि नेपालमा एक पटक भने आउने छैन । जेठ १५ गते सरकारले संघीय सदनमा बजेट प्रस्तुत गरेपछि यो बजेटको श्रृखला आउने गर्दछ । जेठ अन्तिमसम्ममा प्रदेश सरकार र अनि असार १० गते स्थानीय सरकारहरुले बजेट ल्याउनु पर्दछ । स्थानीय तहरुले ल्याउने बजेट अलि जनमुखी हुने गर्दछन् । नागरिकहरुको प्रत्यक्ष सरोकारको बिषयमा बजेट समावेश हुन्छ की भनेर पनि स्थानीय तहको बजेटको अर्थ हुने गर्दछ ।

बाराका अधिकांश स्थानीय तहले असार १० गते शुक्रबार बजेट ल्याएका छन् तर सबै पालिकाहरुले भने जसरी समयमा बजेट ल्याउन सकेका छैनन् । बाराको जीतपुरसिमरा लगायतका केही पालिकामा समस्या भएको छ । कुनै बिशेष कारण भन्दापनि राजनीतिक पूर्वाग्राहका कारण बजेट आउन नसकेको देखिन्छ । बजेटका बिषयमा राजनीतिक पूर्वाग्रह राख्नुहुन्न ।

यसले समग्र जिल्लाको बिकासमा पनि समस्या सृजना गर्नेछ । बजेट त नागरिकहरुका लागि ल्याइने भएकलो समयमा बजेट नआउँदा यसले स्थानीय तहमा प्रत्यक्ष असर गर्नेछ । बिकास निर्माण लगायतका बिषयमा बजेट महत्वपूर्ण हुने हुँदा कुनै पनि दलले दम्भ त्याग्न आवश्यक छ । मेयर, उपमेयर जितेका वा सदस्यमा बहुमत रहेकाहरुले पनि यो बिषयमा ध्यान दिन भने आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here