निजगढ,बाराको निजगढ नगरपालिकामा शनिबारसम्म ३४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । दोस्रो चरणको कोरोना लहर सुरुभएयता ४९२ जनामा गरिएको परीक्षणमा ३४५ जनामा सक्रमण पुष्टि भएको हो । हाल नगरमा एक सय ९४ जना सक्रिय सक्रमित छन । यस्तै एक सय ३५ जना संक्रमित भने निको भइसकेका छन । १६ जनाको भने संक्रमणकै कारण मृत्यृ भएको स्वास्थ्य शाखा प्रमुख लामाले बताउनुभयो । नगरपालिकाभित्र कोरोनाका कारणले मृत्यृ हुनेमा सबैभन्दा बढी वडा नम्बर ७ मा रहेका छन । मृत्यृ हुनेमा ३ महिला र १३ पुरुष रहेका छन । हालसम्ममा वडा नंम्बर २ मा १ जना, वडा नंम्बर ४ मा २ जना, वडा नंम्बर ६ मा १ जना, वडा नंम्बर ७ मा ५ जना, वडा नंम्बर ८ मा १ जना, वडा नंम्बर ९ मा ३ जना, वडा नंम्बर १० मा १ जना र वडा नंम्बर ११ मा २ जना गरि १६ जनाको मृत्यृ भएको हो ।

Leave a Reply