निजगढ –  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत निजगढ नगरपालिकाका १३ मध्ये ११ वडामा आज सर्वसम्मत नेतृत्व चयन भएको छ । काँग्रेस नगर सभापती नवराज तिमल्सिनाका अनुसार वडा नम्बर १ र २ बाहेक सबै वडामा अधिवेशन सम्पन्न भएको र सर्वसम्मत नेतृत्व चयन भएको हो । आज भएको अधिवेशनले निजगढ नगरपालिका वडा नम्बर ३ को सभापतीमा अर्जुन डासेली, ४ को सभापतीमा बासु चौधरी, वडा नम्बर ५ को सभापतीमा दुर्गा दहाल, वडा नम्बर ६ को सभापतीमा मोहन सापकोटा, वडा नम्बर ७ को सभापतीमा चण्डिका पुलामी मगर र वडा नम्बर ८ को सभापतीमा रमेश लामा सहित पदाधिकारीहरु सर्वसम्मत चुनिएका हुन ।

त्यसैगरी वडा नम्बर ९ को सभापतीमा अमृत उप्रेती र वडा नम्बर १० मा सिद्धार्थ लामा, वडा नम्बर ११ को सभापतीमा कृष्ण मगर, १२ को सभापतीमा लक्ष्मण थिङ्ग र वडा नम्बर १३ को सभापतीमा सुनबहादुर थिङ्गसहित वडा समितिका पदाधिकारी र क्षेत्रीय प्रतिनिधिहरुको सर्वसम्मत चयन गरेको हो ।  नगर सभापती तिमल्सिनाले नयाँ नेतृत्व चयन गर्न बाँकी वडा नम्बर १ र २ मा पनि भोलि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिने छ ।

महाधिवेशनअन्तर्गत आज र भोलि देशभर वडामा अधिवेशन गर्ने कार्य तालिका छ । वडा अधिवेशनले वडा कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि क्षेत्रीय प्रतिनिधि पनि चुन्नेछ । क्षेत्रीय प्रतिनिधिहरुले क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्छन् । महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनबाट कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक छ । एउटा वडाबाट २३ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि चयन हुने कांग्रेसले जनाएको छ ।

Leave a Reply