निजगढ,कार्यसम्पादन मूल्याङ्कनमा बाराका स्थानीय तहहरू मध्ये परवानीपुर गाउँपालिका पहिलो भएको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन सूचक बापत प्राप्त गरेको अङ्कको प्रकाशित नतिजा अनुसार परवानीपुर गाउँपालिकाले सबैभन्दा बढी अङ्क प्राप्त गरेको हो ।

नेपाल सरकारबाट आर्थिक वर्ष २०८१-८२ मा यस आयोगको सिफारिसमा उपलब्ध गराइने वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कन बापत प्रदान गरिने अनुदानका लागि प्रदेश र स्थानीय तहले कार्यसम्पादन सूचकबापत प्राप्त गरेको अङ्कको नतिजा सार्वजनिक गरेको हो ।जस नतिजा अनुसार सबैभन्दा बढी परवानीपुर गाउँपालिकाकाले ६६.४७ अंक प्राप्त गरेको छ भने सबैभन्दा कम सिम्रौनगढ नगरपालिकाले ३४.०१ अङ्क प्राप्त गरेको छ ।यसैगरी दोस्रो स्थानमा कलैया उपमहानगरपालिका ६४.९३, तेस्रोमा जीतपुरसिमरा उपमहानगरपालिकाले ५५, चौथोमा महागढीमाई नगरपालिकाले ४८.९१, पाँचौँ स्थानका साथ करैयामाई गाउँपालिका ४७.१२, छैंठौ प्रसौनी गाउँपालिका ४४.८६ र सातौँ स्थानमा विश्रामपुर गाउँपालिका ४४.५१ प्राप्त गरेको छ ।

त्यसैगरी निजगढ नगरपालिकाले ४२.४६, कोल्हबी नगरपालिका ४१.०६, आदर्शकोत्वाल गाउँपालिका ४०.५६, देवताल गाउँपालिका ३९.७७, पचरौता नगरपालिका ३९.६४, सुवर्ण गाउँपालिका ३९.४७, फेटा गाउँपालिका ३९.०८ र बारागढी गाउँपालिका ३९ अङ्क प्राप्त गरेका छन ।

Leave a Reply