बारा , २२ जेठ
विश्व वातावरण दिवसका अवसरमा ६ सय ३० परिवारमा निःशुल्क ग्याँस सिलिण्डर सहित चुलो सेट वितरण गरिएको छ । शनिबार जितपुरसिमरा उपमहानगरपालिका १० को नितनपुरमा कोरोना नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावति विपन्न परिवारलाई बाराको जीतपुरसिमरा उपमहानगरपालिका १०ले ग्याँस चुलो सेट प्रदान गरेको हो । वडा नं.१० का अध्यक्ष सरोज कुमार राउतले स्थानिय विपन्न ६ सय ३० जना विपन्न ( लक्षित वर्ग) परिवारमा भरिएको ग्याँस सिलिन्डर सहित चुल्होको सेट निः शुल्क वितरण गरेका हुन् ।
आफ्नों वडाका महिलाहरूले विषाक्त धुँवामा खान पकाउँदा उनीहरुको स्वास्थ्य र वातावरणमा समेत असर परिहरेकाले सोको न्युनिकरण गर्ने अभिप्रायका साथ ग्याँसचुल्हो वितरण गरिएको अध्यक्ष राउतले बताए । भरिएको ग्याँस सिलिन्डर , चुल्हो , रेगुरेटर , ग्याँस पाईप , सेफ्टी क्लिप पनि सोही अवसरामा वितरण बितरण गरिएको उनले बताए ।
वडा स्तरिय ३५ लाख ९० हजार बजेटबाट वडाका लक्षित वर्ग, जसको घरमा दाउरा वा भुुसाले खाना पाक्ने गथ्र्यो उनीहरुको परिवारमा ग्याँस सिलिन्डर सहित चुल्होको सेट बितरण गरिएको वडा कार्यालयले जनाएको छ ।