काठमाण्डौ – नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । शुक्रबार थप एक हजार दुई सय ७२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आठ हजार ३१ जनाको नमुना परीक्षण गर्दा एक हजार दुई सय ७२ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय ७५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ ।

अब नेपालमा १५ हजार चार सय ४७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय ३७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।२४ घण्टामा थप १६ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ६७ पुगेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here