निजगढ,नेकपा माओवादी निजगढले निजगढ नगरपालिका वडा नम्बर २ सिगौलमा कोरोना भाइरस न्युनीकरणको लागि सर्वसाधारणलाई मंगलबार स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
सिगौलस्थित जनता सभाहलमा भएको कार्यक्रममा माओवादी केन्द्र निजगढले सर्जिकल माक्स, सेनेटाइजर र टेक्समाक्स लगायतका स्वास्थ्य सामग्री वितरण गरेको हो । स्वास्थ सामग्री वितरण कार्यक्रममा नेकपा माओवादी प्रदेश दुई कमिटी सदस्य रविराज दंगाल, धनमाया लामा, पत्रकार महेश्वर अधिकारी र स्थानीय जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।
नेकपा माओवादी केन्द्रले निजगढमा हेल्प डेक्स संचालन गरेर कोरोना विरुद्धको अभियानमा सर्वसाधारणलाई स्वास्थ्य सामग्री र कोरोना आशंका गरिएका बिरामीलाई यातायात लगायतको सुविधा उपलब्ध गराउदै आएको छ । यसैबीच न्यु भेरिएन्टको कोरोना भाइरस फैलिएको आशंकामा सिंगौलस्थित निजगढ नगरपालिकाका ३ वटै वडाका मंगलबार स्थानीयको स्वाबसमेत संकलन गरिएको छ । निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वाब संकलन गरिएको स्वास्थ्य सयोजक रमेश लामाले बताउनुभयो । संयोजक लामाकाअनुसार २० जना पुरुष र १५ जना महिला गरि ३५ जना स्थानीयको स्वाव संकलन गरिएको छ ।