दिपेन्द्र जयसवाल
गन्जभावनीपुर,बाराको करैयामाई गाउँपालिकाले १७औं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
‘शिक्षा, संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक सुरक्षाको क्षेत्रलाई विषेश प्राथमिकतामा जोड दिदै बाराको करैयामाई गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८२-०८३ का लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष शम्भुप्रसाद यादवले गाउँपालिकाको १७ औं गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि ४३ करोड ७२ लाख ९८ हजार ९ सय २२ रुपैयाँको निति कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो । ‘सुशासनयुक्त सक्षम एवं सबल स्थानीय सरकार, पूर्वाधार निर्माण, कृषि, पर्यटन र सशक्तिकरण करैयामाईको आधार’ भन्ने नारासहित बजेट सार्वजनिक गरिएको हो ।गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा प्रस्तुत निति तथा कार्यक्रमले गाउँपालिकाको आय संकलनमा नेपाल सरकारबाट विभिन्न अनुदान शीर्षक अन्तर्गत ४३ करोड भन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट समानिकरण अनुदान ९ करोड ७४ लाख, सशर्त अनुदान चालु १५ करोड ९८ लाख, सशर्त अनुदान पूंजिगत ७३ लाख, विषेश अनुदानमा पूंजिगत ७८ लाख, समपुरक अनुदान २ करोड ८८ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख गरिएको छ ।

प्रदेश सरकारबाट समानिकरण अनुदान ६७ लाख ९२ हजार, सशर्त अनुदान ८० लाख, विषेश अनुदान ३० लाख समपुरक अनुदान २० लाख र सवारी साधन राजस्व बाँडफाड ४८ लाख रुपैयाँ बराबरको अनुदान प्राप्त हुने छ । त्यस्तै गाउँपालिकाको आन्तरिक श्रोतहरुबाट ६५ लाख ९५ हजार ३ सय रुपैयाँ, मालपोत रोयल्टी ३० लाख रुपैयाँ बराबर जुटाउने जनाएको छ ।सभामा गाउँपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो ।कार्यक्रममा स्वागत प्रमुख प्रसासकीय अधिकृत बिरेन्द्र महतोले गर्नुभएको थियो भने सन्चालन नासु बिरेन्द्रबहादुर वाईवाले गर्नुभएको थियो ।

Leave a Reply